६ जेठ, २०८१ आइतबार

05:26:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धन सहमत

८ फागुन, २०७८

‘ गठबन्धनमा सहमति जुटेको छ, एमसीसी सदनमा टेबल हुन्छ ।’

एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं
सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति भएको छ ।  आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।

 बैठकपछि नेपालले भन्नुभयो, ‘ गठबन्धनमा सहमति जुटेको छ, एमसीसी सदनमा टेबल हुन्छ ।’बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईको  सहभागीता थियो ।