६ जेठ, २०८१ आइतबार

02:22:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्ष आयु भएको गठबन्धनलाई ठेगान लगाउनेः अध्यक्ष ओली

Nepal Business

७ फागुन, २०७८

एक वर्ष आयु भएको गठबन्धनलाई ठेगान लगाउनेः अध्यक्ष ओली

काठमाण्डौं
अहिलेको सत्तारुढ गठबन्धनको आयु बढीमा एक वर्ष रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।। भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्ने कार्यक्रममा एक वर्षपछि गठबन्धनलाई ठेगान लगाउने दावी उहाँले गर्नु भयो । 

अब एक वर्षभित्र चुनाव आउनुपर्छ, बढीमा एक वर्ष हो यिनीहरुको आयु उहाँले भन्नुभयो,  संसारभरका ज्योतिषीलाई एकै ठाउँमा राखेर सोधे पनि त्यही भन्छन् । जस्तै पानीमुनि गए पनि कहाँ यो स्वार्थी गठबन्धन बच्न सक्छ ? पानी मुनिबाट निकालेर पनि ठेगान लगाइन्छ ।

अध्यक्ष ओलीले रामायणमा मन्थराका कारण रामचन्द्र र महाभारतमा सकुनीका कारण पाण्डवहरु वनबास जानुपरेको भन्दै आफूलाई पनि स्वार्थी गठबन्धनले ‘बनबास’ पु¥याएको भन्नुभयो ।

यत्रोविघ्न मन्थरा र सकुनीहरु लागेपछि केपी प्रधानमन्त्रीबाट हट्नु कुन ठूलो कुरा भयो र ? चुनाव आइरहेको छ । यहाँ १४ वर्ष पर्खिनुपर्दैन । बढी पर्खे पाँच वर्ष न हो । साढे तीन वर्षमा बल्ल ढाल्न सके । डेढ वर्षमा चुनाव आउनुपर्थ्यो, ६ महिना गइसक्यो । अब एक वर्षको मात्र कुरा भएको उहाँले जिकिर गर्नुभयो ।