६ जेठ, २०८१ आइतबार

05:01:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कमल थापा राप्रपा नेपालको अध्यक्ष

७ फागुन, २०७८

कमल थापा राप्रपा नेपालको अध्यक्ष

काठमाण्डौं
शनिबार काठमाडौंमा आयोजित पार्टी अध्यक्ष घोषणा कार्यक्रमबाट कमल थापा  पूनः अध्यक्ष बन्नु भएको छ । थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष बन्नु भएको हो । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी नफुटाएको बरु अलग भएर गएको बताउनु भएको छ । मैले यही मञ्चबाट राप्रपालाई फुटाउनुहुन्नँ भन्ने कसम खाएको थिएँ। गीता हामी सनातन धर्मावलम्वीको महान ग्रन्थ हो। त्यसलाई छोएर मैले राप्रपा नफुटाउने कसम खाएको थिएँ। मलाई साथीहरुले विश्रामको अनुमति दिनुभएन त्यसैले यता लागे उहाँले भन्नुभयो । 

उहाँले राप्रपामा अहिले पनि आफूहरूप्रति स्नेह सद्भाव र समर्थन राख्ने बहुसंख्यक केन्द्रीय सदस्यहरु भएको बताउनु भयो। कतिपय केन्द्रीय सदस्यहरुले विधान र कानून बमोजिम ४० प्रतिशत पुर्‍याएर पार्टी फुटाऔं भन्ने सल्लाह पनि दिनुभयो। तर, मैले पार्टी फुटाउन चाहिनँ। पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने मान्यतामा म विश्वास राख्दिनँ भन्नुभयो । उहाँले हेटौंडा पुगेर पार्टी परित्याग गरेको घोषणा गर्नु भएको थियो।