६ जेठ, २०८१ आइतबार

03:42:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रजतन्त्र दिवस २०७८, मनाइयो

७ फागुन, २०७८

प्रजतन्त्र दिवस २०७८, मनाइयो

काठमाण्डौं
१०४ वर्षीय जहानिया राणाशासन अन्तगरी प्रजातन्त्र घोषणा भएको ऐतिहासिक दिनको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । देशमा सर्वप्रथम प्रजातन्त्रको घोषणा भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । 

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

नेपाली सेनाले समारोहलाई उत्सवमय बनाउन राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित २ वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शीर उचाली। सहित देशप्रेमले भरिपूर्ण राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको थियो ।