४ जेठ, २०८१ शुक्रबार

11:40:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रजातन्त्र दिवसमा ५ सय १ जना कैदीहरूको सजाय मिनाहा

Nepal Business

७ फागुन, २०७८

प्रजातन्त्र दिवसमा ५ सय १ जना कैदीहरूको सजाय मिनाहा

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले बाँकी कैद मिनाहा गर्नुभएको हो ।