२५ जेठ, २०८२ शनिबार

01:44:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँ र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

६ फागुन, २०७८

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती–६ लाई सरकारले बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

काठमाडौँ र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौं
सरकारले काठमाडौँ र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती–६ लाई सरकारले बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोकर्णेश्वर र राप्तीलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्दै रोग नियन्त्रण गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले गोकर्णेश्वर–३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थान र राप्ती–६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानेर सो स्थानको १०० मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय भएको बताउनुभयो ।