६ जेठ, २०८१ आइतबार

12:52:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

६ फागुन, २०७८

नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ । माओवादीले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने अडान दोहोर्‍याएको छ ।

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सदनमा एमसीसी पेस गर्नुपर्ने अडान दोहोर्‍याए पछि नेताहरुबीच सहमति हुन नसकेको एक नेताले जानकारी दिएका छन् ।

नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ । माओवादीले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने अडान दोहोर्‍याएको छ । बैठकबाट गठबन्धनका नेताहरु बाहिरीएसंगै प्रधानमन्त्रीले आफ्नो पार्टीका नेताहरुसंग छलफल सुरु गर्नुभएको छ ।

आज बस्ने संसद बैठकमा जसरी पनि एमसीसी पेश गर्ने जनाउनुभएका प्रधानमन्त्रीले अब के गर्नुहुन्छ भन्ने तय भईसकेको छैन । यसैबीच सुक्रबार (आज) दिउँसो १ बजेका लागि संसद बैठक बोलाईएको छ ।