२ मंसिर, २०८१ आइतबार

07:38:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्याग्दी सदरमुकाम बेनीमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

Nepal Business

६ फागुन, २०७८

म्याग्दी सदरमुकाम बेनीमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

म्याग्दी । 
म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो ।

बिहीबार क्याम्पसमा आयोजित अन्तक्र्रिया कार्यक्रममा समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरी स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय ९बिआइसिटीई०को अध्यापन गराउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसले स्नातक तहमै शिक्षा सङ्कायमा विज्ञान विषयमा समेत अध्यापन गराउने भएको छ । जिल्लामा अत्यावश्यक र रोजागरको सम्भावना भएकाले कम्युटर र सूचना प्रविधि तथा विज्ञान विषयको अध्यापन गराउन लागिएको उहाँको भनाइ छ । 

स्थानतक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा धवलागिरिमै पहिलोपटक म्याग्दी क्याम्पसले अध्यापन गराउन लागेको क्याम्पसका निमित्त क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । विसं २०४८ पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल प्लस टु र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पढाइ हुँदै आइरहेको छ ।