६ जेठ, २०८१ आइतबार

11:36:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रचण्ड, माधव र खनालबीच बैठक : एमसीसीबारे साझा धारणा बनाउने प्रयास

Nepal Business

६ फागुन, २०७८

प्रचण्ड, माधव र खनालबीच बैठक : एमसीसीबारे साझा धारणा बनाउने प्रयास

काठमाण्डौ । एमसीसी बारे साझा धारणा निर्माणको प्रयास स्वरुप सत्ता गठबन्धनका दुई घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुबीच अहिले बैठक बसिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा एकीकृत समाजवादीका तर्फबाट माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएको बुझिएको छ । आजै विहान १० बजे बस्ने सत्ता गठबन्धनको बैठकमा दुई दलको धारणा सझा बनाउने प्रयास स्वरुप बैठक बसेको नेताहरुले बताएका छन् ।

यस अघि हिजो बसेको बैठमा सहमति जुट्न नसकेपछि आज गठबन्धन बैठक बस्न लागेको छ ।

यस अघि ५ दलिय गठबन्धनमा एमसीसीको विषयलाई लिएर मत बाझिएपछि गठबन्धन नै टुट्ने सम्भावना बढेको विश्लेषण समेत हुन थालेको छ । आज बस्ने बैठकमा एमसीसी बारे साझा धारणा बन्न नसके गठबन्धन नै टुट्ने संकेत यस अघिनै नेताहरुले गरिसकेका छन् ।