२२ बैशाख, २०८१ शनिबार

07:20:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पछिल्लो समयमा पर्यटन आगमन सुधारियो

Nepal Business

२४ मंसिर, २०७८

सन् २०२१ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक आएका थिए । सन् २०२० पछिल्लो समयमा पर्यटन आगमन सुधारिदै गएको थियो । सो वर्ष एक महिनामा मात्र १९५६ जना पर्यटक नेपाल आएको जानकारी पर्यटक बोर्ड जनाएको छ ।

पछिल्लो समयमा पर्यटन आगमन सुधारियो

नेपालमा अघिल्लो महिनाबाट विदेशी पर्यटकको आगमन सुधार भएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएरहेको छ । कोरोनाको महामारी पछिको समयमा २३ हजार २८४ जना पर्यटक आएका हुन् । यस वर्ष सबैभन्दा बढी  नोभेम्बर महिनामा आएका छन् । 

 सन् २०२१ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक आएका थिए । सन् २०२० पछिल्लो समयमा पर्यटन  आगमन सुधारिदै गएको थियो ।  सो वर्ष एक महिनामा मात्र १९५६ जना पर्यटक नेपाल आएको जानकारी पर्यटक बोर्ड जनाएको छ  ।  
नेपालमा सन् २०२१ को ११औं महिनासम्म मात्र १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल आएका छन । यो वर्ष सबैभन्दा कम जुनमा १ हजार १ सय ४३  र बढी नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल आएका छन । 
पर्यटन बोर्डका अनुसार  एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन । यसमा  १० हजार ४२१ जना भारतीय छन । यो कुल संख्याको ३९.८७ प्रतिशत हो अमेरीकाबाट एक महिनामा (३ हजार ७ सय ८२) (१४.४७ प्रतिशत) जना पर्यटक नेपाल आएका छन ।  एक महिनामा चीनबाट भने मात्र ३६३ जना आएका छन । यो कुल आगमनको मात्र १.३९ प्रतिशत हो । 
कुन मुलुकबाट कति पर्यटक आए , भारतबाट १० हजार ४ सय २१ अमेरीकाबाट  ३ हजार ७ सय ८२  बेलायतबाट २ हजार २६ बंगलादेशबाट १  हजार ३ सय ८२ फ्रान्सबाट ८  सय ८ जना पर्यटकहरु नेपाल आएका छन । 
 नेपालमा जहाजबाट  आउने भारतीय यात्रुलाई पर्यटकका रुपमा गणना गरिन्छ । तर स्थल मार्गबाट आउने पर्यटकलाई भने गणना गर्ने संयन्त्र बनिसकेको छैन । दक्षिण अफ्रिका बाट आएको ओमिक्रोन  फलिएको हुनाले   पर्यटक क्षेत्रमा फेरिपनि असर पार्ने सम्भावना  बढ्दै गएको देखिन्छ ।