६ जेठ, २०८१ आइतबार

10:23:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीमा सहमतिको अन्तिम प्रयास, गठबन्धन बैठक बस्दै

Nepal Business

६ फागुन, २०७८

एमसीसीमा सहमतिको अन्तिम प्रयास, गठबन्धन बैठक बस्दै

फाईल फोटो

काठमाडौं । हिजो विहिबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने की नगर्ने भन्ने विषयमा विवाद भएपछि बैठक आजका लागि सारिएको छ । आज विहान ९ बजेका लागि बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नेरनगर्ने विषयमा निर्णय हुनेछ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक निर्णायक मानिएको छ । सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरिसकेको छ ।

बिहीबारको गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो । विहिवार राती एमाले अध्यक्षसंग भेट्नुभएका देउवा जसरी भएपनि एमसीसी संसदमा पेश गर्ने पक्षमा रहेका हुनुहुन्छ भने माओवादी र सत्ता साझेदार अन्य दल एमसीसी संशोधन पछि मात्रै संसदमा पेश गर्ने र पास गर्ने पक्षमा रहेका छन् ।

यसै बिषयमा सत्ता साझेदार दलहरुबीच विमति रहँदै आएको छ । आज बस्ने बैठकबाट सहमति नजुटे सत्ता गठबन्धनको भविष्य के हुने भन्ने तय हुने छ ।