६ जेठ, २०८१ आइतबार

01:09:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सत्ता इतर एमसीसीमा सहमति खोज्ने प्रधानमन्त्रीको प्रयास, एमाले अध्यक्ष ओलीसंग शुक्रबार साँझको भेट

Nepal Business

५ फागुन, २०७८

सत्ता इतर एमसीसीमा सहमति खोज्ने प्रधानमन्त्रीको प्रयास, एमाले अध्यक्ष ओलीसंग शुक्रबार साँझको भेट

काठमाण्डौ । 
विहिबार साँझ बसको सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेर शुक्रवारका लागि बैठक सारे लगत्तै प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई लिएर एमाले अध्यक्ष केपीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।

अमेरीकी आर्थिक सहयोग एमसीसीका बारेमा सत्ता गठबन्धनबीच मत विभाजन भईरहेको अवस्थामा एमाले अध्यक्ष ओलीसंगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार संसद बैठक पनि बोलाईएको छ । शुक्रबारको बैठकमा जसरी पनि एमसीसी पेश गर्ने कार्यसूची राख्ने तयारीमा रहेको नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीका बारेमा विभिन्न चरणमा छलफल गर्दै आउनु भएको छ ।

सत्ता  गठबन्धनको बैठकमा भोली विहान ९ बजे सहमतिका लागि अन्तिम प्रयास गर्ने तयारीका साथ बैठक सकिए लगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री वालकोट पुगेपछि राजनीतिक कोर्ष फेरी नयाँ मोडमा पुगेको छ । देउवा सत्ता गठबन्धमा रहेका दलहरुले साथ नदिए एमालेसंग मिलेर भएपनि एमसीसी संसदमा टेवल गर्ने तयारीमा हुनुहुन्छ ।

यसैबीच आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष विहिन बनेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा एमसीसीका बारेमा सहमति जुटाउने भने पनि बैठकमा सहमति जुट्न नसकेपछि भोली विहानसम्मका लागि बैठक स्थगित गरिएको हो ।