२३ बैशाख, २०८१ आइतबार

11:21:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनियाँ आर्थिक प्रणाली ‘गैरबजारी’ भएको अमेरिकाको आरोप, चीनले भन्यो आरोप आधारहीन

५ फागुन, २०७८

संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दावी छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दावी गरेका बिषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गर्नुभएको हो ।

चिनियाँ आर्थिक प्रणाली ‘गैरबजारी’ भएको अमेरिकाको आरोप, चीनले भन्यो आरोप आधारहीन

चीन ।
अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ ।

संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दावी छ । 

मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दावी गरेका बिषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गर्नुभएको हो । 

प्रतिवेदनमा संयुक्त राज्य अमेरिकाले चीनको ‘राज्य नेतृत्व, गैर–बजार नीति र अभ्यासहरू’ समाधान गर्न नयाँ रणनीतिहरू खोज्नु र यसका घरेलु व्यापार उपकरणहरू अद्यावधिक गर्नु आवश्यक छ भन्ने दाबी गरेको थियो ।

चीनले विगत ४० वर्षभन्दा बढी को आर्थिक उपलब्धिले सुधार र खुलापनको सफलताको पुष्टि गरेको गाओले बताउनुभयो । 

बजार र सरकारको भूमिकाको प्रभावकारी संयोजन चीनको आर्थिक विकासबाट प्राप्त अमूल्य अनुभव बन्न पुगेको उहाँले बताउनुभयो । 

संयुक्त राज्य अमेरिकाले नयाँ रणनीतिहरू खोज्ने बहानामा ‘एकपक्षीयवाद, संरक्षणवाद र दुन्र्यवहार’को अभ्यास गर्नुको सट्टा विश्व व्यापार संगठनका नियमहरू अनुरूप आफ्नो व्यापारिक गतिविधिलाई सुनिश्चित गर्नुपर्ने गाओले दावी गनुभयो । 

संयुक्त राज्य अमेरिकालाई तर्कसंगत तथा व्यावहारिक नीतिहरू अपनाउन र चीन–अमेरिका सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गर्नुभयो ।

उहाँले थप्नुभयो, “पारस्परिक सम्मान, पारस्परिक लाभ र विजयी सहयोगको सिद्धान्तअन्तर्गत सम्बन्धहरू सही मार्गमा फर्कन्छन्, जुन दुई मुलुकका जनताको आधारभूत हित र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षाअनुरूप छ ।”