५ जेठ, २०८१ शनिबार

01:02:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किसानलाई राहत दिन अर्थले दियो एक अर्ब, वेमौसमी वर्षाले क्षति पुगेका ३१ जिल्लाका किसानले पाउने

५ फागुन, २०७८

किसानलाई राहत दिन अर्थले दियो एक अर्ब, वेमौसमी वर्षाले क्षति पुगेका ३१ जिल्लाका किसानले पाउने

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, ५ फागुन  । गत असोज ३१ देखि कार्तिक ३ सम्म आएको वेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानले राहत पाउने भएका छन् । त्यसका लागि अर्थमन्त्रालयले रु १ अर्ब रुपैयाँ निकासा गरेको छ । 

अर्थ मन्त्रालयबाट केन्द्रीय विपद् व्यवस्थापन कोषमा उक्त रकम ल्याइएको र त्यसमध्य जिल्ला विपद् व्यवस्थापन कोषमा रु  ८५ करोड ४ लाख रुपैँया  निकासा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयबाट केन्द्रीय विपद् व्यवस्थापन कोषमा उक्त रकम ल्याइएको र त्यसमध्य जिल्ला विपद् व्यवस्थापन कोषमा रु  ८५ करोड ४ लाख रुपैँया  निकासा दिइएको गृहमन्त्रालयले जनाएको छ । 

उक्त रकम बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्यूठान, हुम्ला, जुम्ला, कालिकोट, डडेल्धुरा, बाजुरा, बैतडी, कन्चनपुर र कैलाली गरी ३१ जिल्लाका प्रभावित किसानले प्राप्त गर्ने छन् । उनीहरुलाई स्वीकृत मापदण्डले निर्धारण गरेका आधार र प्रक्रिया पुरा गरी राहत उपलब्ध गराइने जनाइएको छ ।

धानबालीमा भएको क्षतिबाट प्रभावित भएका किसानहरुलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कार्तिक ११ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानहरुलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड स्वीकृत गरेको थियो । 

गृह सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवसमेतको उपस्थितिमा बसेको बैठकले धानबालीमा क्षति पुगेका किसानहरुलाई मात्र राहत रकम उपलब्ध गराउने र हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकीन भई आएका जिल्लाका किसानलाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पुरा गरी रकम उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।