६ जेठ, २०८१ आइतबार

11:51:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मतपत्र छपाईको प्रकृया शुरु गर्दै निर्वाचन आयोग

५ फागुन, २०७८

मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेसन आयोगबाट स्वीकृत भएको छ

मतपत्र छपाईको प्रकृया शुरु गर्दै निर्वाचन आयोग

काठमाण्डौं
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागी मतपत्र छपाईको काम अगाडि बढाएको छ । मतपत्र छपाईका लागि आवश्यक कागज खरिद प्रकृया अघि बढाएको हो ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी मतपत्रका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी इबिडिङको माध्यमबाट खरिद प्रक्रिया अघि बढाएको बताएको छ ।

यसका साथै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेसन आयोगबाट स्वीकृत भएको छ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय परिषदसँग पनि परामर्श गरेको छ ।त्यसैगरी न्याय सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श पनि गरेको छ ।

फागुन १५ गते आयोगमा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको आयोगले जनाएको छ । त्यस्तै, आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गर्न फागुन १५ गतेसम्म उपसचिवको नामावली पनि मन्त्रालयसँग माग गरेको छ ।