२२ माघ, २०८१ मंगलबार

01:28:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँको बालाजुमा बसको ठक्करबाट नुवाकोटका विकाससहित दुई जनाको मृत्यु

५ फागुन, २०७८

काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रु नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको छ

काठमाडौँको बालाजुमा बसको ठक्करबाट नुवाकोटका विकाससहित दुई जनाको मृत्यु

काठमाडौं
काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि बिहीबार बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताउनुभयो ।