६ जेठ, २०८१ आइतबार

01:44:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

“एमसीसी फेल पनि हुन सक्छ पास पनि”

५ फागुन, २०७८

“एमसीसी फेल पनि हुन सक्छ पास पनि”

काठमाण्डौं
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएको दाबी गर्नु भएको छ । बिहीबार बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बिमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा पास फेल जे भएपनि जनताका प्रतिनिधिहरूको थलो सदनले नै टुङ्गो लगाउने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘यो सम्झौता फेल पनि हुन सक्छ पास पनि हुन सक्छ । तर यो राष्ट्रको हितमा रहेको यो धुव्रसत्य कुरा हो।’

उहाँले  एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको गुनासो गर्नुभयो । अहिले राष्ट्रको पक्षमा बोल्ने बेला आएको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले मुलुकको हित बिपरित कांग्रेसले कुनै काम नगर्ने जिकिर गर्नुभयो । उहाँले पक्षमा उभिन डराउनुपर्ने कुनै कारण आफुले नदेखेको बताउनुभयो ।