७ मंसिर, २०८१ शुक्रबार
02:10:59 AM
५ फागुन, २०७८
काठमाण्डौं
नेपाल वायु सेवा निगमले ‘इन फ्लाइट इन्टरटेनमेन्ट’ प्रणाली जडान गर्ने भएको छ। निगमले बिहीबार सूचना जारी गर्दै ६ साइकल अर्थात ३ वर्षकाका लागि ३ लाख २७ हजार ७ सय ५० डलर खर्चेर मनोरञ्जनात्मक प्रणाली जडान गर्न लागेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि कायम गरेको डलरको मूल्यका हिसाबले ३ करोड ९४ लाख रुपैयाँ भन्दा बढी हुन्छ । राष्ट्र बैंकले तोकेको बिक्रि मूल्य आज (बिहीबार) एक सय २० रुपैयाँ ४२ पैसा रहेको छ ।
यस्तै उडानका क्रममा जहाज भित्र मनोरञ्जनात्मक प्रणाली जडानका लागि निगमले टच इन–फ्लाइट सोलुसन आइएनसी कम्पनीलाई छनोट गरेको छ ।
उक्त कम्पनीसँग ३ वर्षका लागि सम्झौता गर्न लागको निष्मले जानकारी दिएको छ ।