६ जेठ, २०८१ आइतबार

01:44:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीबारे निर्णायक बैठक, सत्ता गठबन्धन यथावत रहन्छ वा टुट्छ ?

५ फागुन, २०७८

यसैगरी सक्ता गठवन्धनले पनि अहिलेकै अवस्थामा एमसीसी पास हुने अवस्था आए गठबन्धन विभाजनसम्म हुन सक्ने संकेत दिइसकेका छन् । भिन्न मत रहेका दलहरुबीच आज दिउँसो बस्ने बैठकमा सहमति जुट्ने सम्भावना कम रहेको नेताहरुले बताउँदै आएका छन् ।

एमसीसीबारे निर्णायक बैठक, सत्ता गठबन्धन यथावत रहन्छ वा टुट्छ ?

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक विहिबार (आज) बस्दै छ । दिउँसो तीन बजेका लागि बोलाइएको बैठकलाई निर्णायक बैठकका रुपमा हेरिएको छ । एमसीसीका बारेमा सक्ता गठबन्धन भित्रै दुईमत देखिएपछि यो विषय अझै बढि चासो र चर्चाको विषय बनेको छ । सक्ता गठबन्धनमा सहभागि माओवादी र एकीकृत समाजवादीको भिन्न मत रहेको छ ।

यस अघि हिजो बुधबार बसेको प्रतिनिधि सभा बैठकमा एमसीसीको विषय टेवल नगर्ने सहमति गरेका सक्ता गठवन्धनकै भातृ संगठनहरुले सडकमा आन्दोलन सुरु गरेका छन् । एमसीसी पास गर्न नहुने भन्दै भातृ संगठनहरुलाई आन्दोलनका लागि माओवादीका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेनै निर्देशन दिएको बुझिएको छ ।

यसैगरी नेकपा एमाले पनि एमसीसी सरकारले संसदमा पेश गरोस भन्ने चाहानामा छ । एमालेले एमसीसीलाई यथा अवस्थामा समर्थन गर्न नसक्ने जनाएको छ । यसैगरी सक्ता गठवन्धनले पनि अहिलेकै अवस्थामा एमसीसी पास हुने अवस्था आए गठबन्धन विभाजनसम्म हुन सक्ने संकेत दिइसकेका छन् । भिन्न मत रहेका दलहरुबीच आज दिउँसो बस्ने बैठकमा सहमति जुट्ने सम्भावना कम रहेको नेताहरुले बताउँदै आएका छन् ।

भोली अर्थात सुक्रबारको बैठकमा एमसीसी जसरी पनि टेवल गर्ने काँग्रेसको तयारी रहेको कानुन मन्त्री दिलेन्द्र प्रसाद  बडु ले यस अघिनै जानकारी दिईसक्नुभएको छ । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो ।