४ जेठ, २०८१ शुक्रबार

10:08:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनी उद्योगले रुवाएपछि उखु उत्पादन घट्यो

Nepal Business

२३ मंसिर, २०७८

चिनी उद्योगहरूलाई जिल्लामा अहिले ४० लाख क्विन्टल उखु आवश्यक छ । तर मुस्किलले १० लाख क्विन्टल मात्र उत्पादन भइरहेको छ । जसका कारण चिनीको उत्पादन घट्ने र सञ्चालनमा रहेका उद्योगसमेत संकटमा पर्ने सम्भावना छ । उखु उत्पादन घट्दै गएपछि जिल्लाको वाग्मती चिनी उद्योगले किसानलाई उन्नत जातको बीउ र प्राविधिक सहयोग निःशुल्क रूपमा उपलब्ध गराउने घोषणा गरेको छ ।

चिनी उद्योगले रुवाएपछि उखु उत्पादन घट्यो

 

उखु किसानले अझै ५ वर्षअघिको बक्यौता रकम पाउन बाँकी

यस वर्ष किसानहरु वैकल्पिक खेतीमा लागेपछि उखु मिलहरुले आवश्यक मात्रामा उखु पाउन सकेनन् । उखु उत्पादक किसानहरु समयमै भुक्तानी नपाउने समस्याबाट लामो समयदेखि पीडित थिए । अहिले तराइमा सञ्चालित चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ ।

जिल्लामा रहेका इन्दिरा, वाग्मती र लुम्बिनी चिनी उद्योगमध्ये लुम्बिनी दुई वर्षदेखि बन्द छ । उखु अभावकै कारण बाँकी दुई उद्योगले पनि क्षमताअनुसार क्रसिङ गर्न सकेका छैनन् । वैकल्पिक खेतीका अलवा स्थानीयले भेली उद्योगमा समेत उखु प्रयोग गर्न थालेकाले पनि चिनी उद्योगलाई अभाव हुन थालेको हो । चिनीभन्दा भेली उद्योगलाई बेच्दा केही रकम कम भए पनि उधारो खेप्नुपर्दैन चिनी उद्योगले तत्काल रकम दिदैनन् मूल्य पनि बढाउन मान्दैनन । यसर्थ चिनी उद्योग उखुको तिब्र खोजीमा लागेको छ ।

चिनी उद्योगहरूलाई जिल्लामा अहिले ४० लाख क्विन्टल उखु आवश्यक छ । तर मुस्किलले १० लाख क्विन्टल मात्र उत्पादन भइरहेको छ । जसका कारण चिनीको उत्पादन घट्ने र सञ्चालनमा रहेका उद्योगसमेत संकटमा पर्ने सम्भावना छ । उखु उत्पादन घट्दै गएपछि जिल्लाको वाग्मती चिनी उद्योगले किसानलाई उन्नत जातको बीउ र प्राविधिक सहयोग निःशुल्क रूपमा उपलब्ध गराउने घोषणा गरेको छ ।

सामान्य किसानले लगाउने परम्परागत उखुको बीउबाट प्रतिकठ्ठा १५ देखि २० क्विन्टल उत्पादन हुने गर्छ । तर उन्नत जातको कोजा-८५ बीउबाट त्यति नै जग्गामा ४५ देखि ५० क्विन्टल उखु उत्पादन हुने उखु उत्पादक किसान समिति बताउँछ । उद्योगको लापरबाही र हेपाहा प्रवृत्तिले बाध्य भएर उखु खेतीबाट किसान विस्थापित हुँदा अहिलेको अवस्था आएको हो । अब उद्योगलाई उखु अभाव हुन थालेपछि उद्योग आफैंले उन्नत जातको बीउ लगाउन प्रोत्साहन गर्न खोजेका छन् । यसले किसान र उद्योग । दुवै पक्षलाई फाइदा पुग्ने देखिन्छ ।