१७ बैशाख, २०८१ सोमबार

04:13:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजधानीका संग्रहालय र सम्पदास्थलमा पर्यटकीय चहलपहल बढ्यो

Nepal Business

४ फागुन, २०७८

राजधानीका संग्रहालय र सम्पदास्थलमा पर्यटकीय चहलपहल बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकाका पुरातात्विक तथा साँस्कृतिक सम्पदास्थल तथा संग्रहालयमा पर्यटकीय चहलपहल बढेको छ । 

कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका ति क्षेत्रमा अहिले कोरोना घटेसँगै पर्यटन आउन थालेका छन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका ति क्षेत्रमा अहिले कोरोना घटेसँगै पर्यटन आउन थालेका छन् ।  विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको हो ।

सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

कार्यालय प्रमुख सन्दीप खनालले सङ्ग्रहालय खुलेसँगै भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या पनि दैनिक बढ्न थालेको बताउनुभयो । फागुन ३ गते १९५ जना नेपाली र १३ जना विदेशी नागरिकले हनुमानढोका दरबार क्षेत्रका साथै सङ्ग्रहालय भ्रमण गरेका छन् ।

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालयलगायत पनि खुलेका छन् ।