२२ माघ, २०८१ मंगलबार

01:48:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अवैध रुपमा भित्र्याइयो सुनका सिक्री, चार पक्राउ

४ फागुन, २०७८

अवैध रुपमा भित्र्याइयो सुनका सिक्री, चार पक्राउ

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, ३ फागुन : कतारबाट अवैध रुमपा सुनका स्क्रिी भित्र्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । 

कतार एयरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका व्यक्तिको गतिविधि शंकास्पद देखिएकोले खानतलासी गर्दा उनीहरुलाई सुनका सिक्रीसहित पक्राउ गरिएको हो । 

यसरी पक्राउ पर्नेमा धादिङका  २७ वर्षीय गणेश मल्ल, इलामको चुलाचुलीका २६ वर्षीय अर्जुन राई ,सर्लाहीका महेन्द्र ठाकुर र सुर्खेतका ३४ वर्षीय भुपेन्द्र विष्ट रहेका छन् ।


यसरी पक्राउ पर्नेमा धादिङका  २७ वर्षीय गणेश मल्ल, इलामको चुलाचुलीका २६ वर्षीय अर्जुन राई ,सर्लाहीका महेन्द्र ठाकुर र सुर्खेतका ३४ वर्षीय भुपेन्द्र विष्ट रहेका छन् ।

सवारी चालक मल्ललाई सोधपुछ गर्दा सुनको सिक्री र ब्रासलेट संकलन गर्न म नै आएको हुँ भनी स्वीकार गरेपछि उनको बयानका आधारमा अन्यलाई पनि पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बुधबार नै त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको ।

राईको साथबाट ७० ग्रामको सुनको सिक्री एक थान बरामद गरिएको छ । यसको बजार मूल्य झण्र्ड ६ लाखको हो । विष्टको साथबाट पनि ७० ग्रामको सुनको सिक्री तथा ठाकुरको साथबाट ७५ ग्राकको सुनको सिक्री बरामद गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  भीमप्रसाद ढकालले बताउनुभयो ।