६ जेठ, २०८१ आइतबार

10:37:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुन ६ गते एमसीसी संसदमा टेबुल हुने

४ फागुन, २०७८

फागुन ६ गते एमसीसी संसदमा टेबुल हुने

काठमाण्डौं

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले शुक्रबार संसद्मा एमसीसी टेबुल गरिने  बताउनु भएको छ। त्यसका लागि  भोली र पर्सिमा गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताउनु भयो ।

संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच आवश्यक देखिएका कारण बुधबारको बैठकमा प्रस्ताव टेबुल नगरिएको दाबी गर्नु भयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबारको संसद् बैठकमा प्रस्ताव टेबुल नगर्ने सहमति बनेको थियो ।

गठबन्धनमा रहेका पाँच दलबीच सहमति नभइकन प्रस्तावलाई टेबुल गर्न नहुनेमा गठबन्धनकै घटकहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । सत्ता नेतृत्व दल कांग्रेस एमसीसीलाई बुधबारै संसदबाट पारित गर्ने पक्षमा थियो ।