६ जेठ, २०८१ आइतबार

10:04:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फागुन ६ गते बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

४ फागुन, २०७८

 फागुन ६ गते बस्ने गरी  प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डौं

प्रतिनिधिसभाको बैठक फागुन ६ गते बस्ने गरी स्थगित भएको छ । बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि बैठक स्थगित भएको हो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गर्नुभएको हो । यस्तै बैठकमा तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित भयो । 

बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भएको थियो । तर अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन । नेपाली कांग्रेस बुधबारको बैठकमा नै एमसिसी पेश गर्ने पक्षमा थियो । माओवादी त्यसको विपक्षमा उभिएपछि संसदको बैठकमा एमसीसी पेश हुन सकेन। 

दलको बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको थियो । प्रचण्ड र प्रधानमन्त्रीको सो भेटले बिहीबार दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ।  उक्त बैठकले एमसिसीबारे निर्णय गर्ने धेरैको अनुमान छ ।