६ जेठ, २०८१ आइतबार

09:33:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज संसदमा एमसीसी टेबल नहुने, बिहिबार गठबन्धनका शीर्ष नेताहरूको निर्णायक बैठक बस्ने

४ फागुन, २०७८

आज संसदमा एमसीसी टेबल नहुने, बिहिबार गठबन्धनका शीर्ष नेताहरूको निर्णायक बैठक बस्ने

काठमाडौं
बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पेश नहुने भएको छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताउनुभयो ।

उहाँमा अनुसार देउवा र प्रचण्डबीच बुधबारको संसद बैठकमा एमसीसी अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ ।  बिहिबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको निर्णायक बैठक बस्ने परियारले जानकारी दिनुभयो । उक्त बैठकले एमसीसीबारे थप निर्णय गर्ने बताइएको छ ।