७ मंसिर, २०८१ शुक्रबार
02:17:58 AM
४ फागुन, २०७८
काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बसेको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नु भएको छ ।
सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुग्नुभएको हो । माओवादी केन्द्रले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।