६ जेठ, २०८१ आइतबार

11:51:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसीसीको विपक्षीमा उभिने माओवादीको निर्णय

४ फागुन, २०७८

एमसीसीको विपक्षीमा उभिने माओवादीको निर्णय

काठमाडौं
नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कोे विपक्षमा उभिने निर्णय गरेको छ । बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

साथै माओवादी केन्द्रले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्दै छ ।