२४ बैशाख, २०८१ सोमबार

05:29:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधि सभाको बैठक बस्दै, एमसिसि पेश हुँदै, एमालेले विरोध गर्ने

Nepal Business

४ फागुन, २०७८

प्रतिनिधि सभाको बैठक बस्दै, एमसिसि पेश हुँदै, एमालेले विरोध गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी छ।

तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन । यसैबीच नेकपा एमालेले आफ्ना पूर्ववत सर्तहरु पुरा नभएसम्म संसद बेठक चल्न नदिने निर्णय यस अघिनै गरिसकेको छ । प्रतिपक्ष दलको विरोधकाबीच सरकारले बुधबारको बैठक सञ्चालन गर्ने तयारी गरेको छ । बैठक बस्नुअघि छलफलका विषय तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्ने हुन्छ ।

जसमा प्रतिपक्ष दलको पनि सहभागी हुने गर्दछ । यसले आजको ंसंसदमा छलफलको बिषय के बन्छ भन्ने ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठक पछि तय हुने छ ।