२२ माघ, २०८१ मंगलबार

01:47:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसी यात्रा, २०६८ देखि ७४ सम्म : कुन सरकारको पालामा के भयो ? (विवरणसहित)

३ फागुन, २०७८

एमसिसी यात्रा, २०६८ देखि ७४ सम्म : कुन सरकारको पालामा के भयो ? (विवरणसहित)

नेपाल विजनेश समाचारदाता, 
काठमाडौँ, ३ फागुन । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन र नेपाल सरकार अर्थमन्त्रालयबीच भएको 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' सम्झौताको विवाद अहिले पनि पेचिलो छ । भोलि (बुधबार)को संसद बैठकमा पेश हुने की नहुने भन्ने दोधार कायमै छ । 

तत्कालिन माओवादी नेता डा बाबुराम भट्टराई नेतृत्वको सरकार थियो । त्यो बेला एमसिसीसँग समन्वय गर्न सम्पर्क अधिकृत नै नियुक्त गरिएको थियो । त्यसपछि मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, प्रधानमन्त्री शुशिल कोइराला, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसम्म एमसिसीले यात्रा गर्दै आइरहेको छ

काँग्रेस, नेकपा एमालेलगायत दल यसको पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरु त्यसको विरुद्धमा उभिएका छन् । पार्टीहरुले आआफ्नो धारणा सार्वजनिक गरिरहेका पनि छन् । 

नेपाली काँग्रेसले आज (मंगलबार)  मात्रै आफ्नो धारणा लिखित रुपमा सार्वजनिक गर्यो भने माओवादी केन्द्रले त्यसको विषयमा निर्णय गर्न बैठक बोलाएको छ ।

पहिले समर्थन गरे कै पार्टी र नेताहरु अहिले विरोधमा उत्रिएका छन् भने पहिले विरोध गर्नेहरु अहिले समर्थनमा लाग्नु चाहिँ विडम्बना हो । यहाँ एमसिसी सम्बन्धी कुन सरकारको पालामा के भएको थियो भनेर पस्कने जमर्काे गरेका छौँ । 

यसको शुरुवात आर्थिक वर्ष २०६८/६९ बाट भएको हो । तत्कालिन माओवादी नेता डा बाबुराम भट्टराई नेतृत्वको सरकार थियो । त्यो बेला एमसिसीसँग समन्वय गर्न सम्पर्क अधिकृत नै नियुक्त गरिएको थियो ।

त्यसपछि मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, प्रधानमन्त्री शुशिल कोइराला, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसम्म एमसिसीले यात्रा गर्दै आइरहेको छ । कुन समयमा के भएको थियो ? तलको विवरणमा हेर्नुहोस् ।