२४ बैशाख, २०८१ सोमबार

09:23:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसीबारे काँग्रेसको फेहरिस्त : यस्तो छ १२ बुँदे धारणा

३ फागुन, २०७८

एमसिसीबारे काँग्रेसको फेहरिस्त : यस्तो छ १२ बुँदे धारणा

काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे आफ्नो १२ बुँदे धारणा सार्वजनिक गरेको छ । मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त धाराणा सार्वजनिक गरिएको हो ।

काँग्रेसले एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गर्नुपर्नेमा जोड दिएको छ । विभिन्न समयमा अन्य राजनीतिक दलले समेत प्रक्रियागत विषयमा सहभागिता जनाएकाले अहिले आएर पन्छिम नमिल्ने काँग्रेसको ठहर छ । 

सरकार पक्ष हुँदा एउटा धारणा र प्रतिपक्ष हुँदा अर्कै धारणा राख्न नहुने काँग्रेसको भनाइ छ । अहिले एमसिसी संसदमा टेवुल गर्नु सरकारको कर्तव्य भएको पनि उक्त १२ बुँदाको निष्कर्षमा भनिएको छ । विस्तृत विवरण तल हेर्न सक्नुहुन्छ ।