२५ बैशाख, २०८१ मंगलबार

03:04:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पनि एमालेले अवरोध गर्ने

३ फागुन, २०७८

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पनि एमालेले अवरोध गर्ने

काठमाडौं
नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।

सरकारले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पेस गर्ने तयारी गरिएका बेला एमालेले बैठक अवरोध गर्ने भएको हो ।  एमाले सांसद शेरबहादुर तामाङले आफुहरुको माग पुरा नभएकाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पनि एमालेले अवरोध गर्ने बताउनुभयो ।