२५ बैशाख, २०८१ मंगलबार

03:47:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

३ फागुन, २०७८

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको  निर्णय

 काठमाडौं

नेपाली कांग्रेसले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

 साथै,बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोग पारित गर्न पनि आव्हान गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।