२२ माघ, २०८१ मंगलबार
03:29:46 AM
३ फागुन, २०७८
दाङ
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ख १२८६ नंको टिप्परले मंगलबार बिहान एक साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ ।