२५ बैशाख, २०८१ मंगलबार

03:50:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

३ फागुन, २०७८

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान देउवा, प्रचण्ड र नेपालबीच प्रधानन्यायाधीश चोलेन्द्र सशशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  बुधबारको प्रतिनिधि सभा बैठकमा  टेबुल गर्ने नगर्ने बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।