७ जेठ, २०८१ सोमबार

09:21:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साहित्यकार तारानाथ शर्माको निधन

Nepal Business

३ फागुन, २०७८

साहित्यकार तारानाथ शर्माको निधन

 काठमाण्डौं
नेपाली साहित्यका झर्रोवादी साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायतका धेरै कृतिहरु चर्चित छन् ।
२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिनु भयो । उहाँको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।