५ जेठ, २०८१ शनिबार

01:44:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रेम दिवसमा गुलाब फूलको २ करोड रुपैयाँको कारोबार, लक्ष्यभन्दा कम कारोबार–अध्यक्ष तामाङ

३ फागुन, २०७८

प्रेम दिवसमा गुलाब फूलको २ करोड रुपैयाँको कारोबार, लक्ष्यभन्दा कम कारोबार–अध्यक्ष तामाङ

काठमाण्डौं

भ्यालेन्टाइन्स डे अथात प्रणय दिवसको सप्ताहा सकिएको छ । यस सप्ताहामा फूलको खपत अत्याधिक हुने गर्दछ । त्यसमा पनि गुलाबको फूलको माग बढि हुन्छ । फ्लोरिकल्चर एशोसिएशनले नेपालका अनुसार प्रणय सप्ताहामा करिब २ लाख ७ हजार गुलाब फूलको खपत भएको छ । एशोसिएसनले २ लाख ३० हजार स्टिम गुलाब खपत हुने अनुमान गरेको थियो । 

एशोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले अनुमान गरेभन्दा फूल कम खपत भएको बताउनुभयो ।  उहाँका अनुसार प्रेम दिवस अवधिमा २ करोड रुपैयाँसम्मको फूलको कारोबार भएको छ । तर यस वर्ष लक्ष्यभन्दा कम कारोबार भएको उहाँले बताउनुभयो ।

बजार मागको ६० प्रतिशत फूल काठमाण्डौं उपत्यका भित्रका शहरहरुमा र बाँकी ४० प्रतिशत बाहिरी मुख्य शहरहरुमा खपत भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । फूलको गुणस्तर अनुसार स्टिम गुलाबको मूल्य ८० देखि एक सय रुपैयाँसम्म थियो ।

नेपाल राष्ट्र बैंकले वस्तु आयात गर्दा अग्रिम शतप्रतिशत मार्जिन राख्नुपर्ने परिपत्र जारी गरि आयातमा कडाई गरेका कारण भातरबाट आयात गरिएको २५ हजार स्टिम गुलाब फूल भन्सारमा रोकिएको अध्यक्ष तामाङले बताउनुभयो । ‘रोज डे’ का दिन २५ प्रतिशत स्टिम गुलाब फूलको माग हुने उहाँले बताउनुभयो । प्रणय सप्ताहाको सबैभन्दा धेरै गुलाब फूलको खपत हुने दिन हो, ‘रोज डे’ ।