२५ बैशाख, २०८१ मंगलबार

07:41:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काँग्रेस संसदीय दलको बैठक बस्दै

Nepal Business

३ फागुन, २०७८

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । 
नेपाली काँग्रेस संसदीय दलको बैठक मंगलवार विहान ९ बजे बस्दै छ । पछिल्लो समय विसकिस राजनीति घट्नाक्रम र काँग्रेसले संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाईएको काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश विरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग, एमसिसि र स्थानीय निर्वाचनको मिति घोषणा भएको अवस्थामा काँग्रेसले संसदमा अबलम्बन गर्ने रणनीति र भूमिकाका विषयमा छलफल केन्द्रीत हुने भुषालले जानकारी दिनुभयो । संसद बैठक भोली ४ गते बुधबार १ बजेका लागि बोलाईएको छ ।