८ मंसिर, २०८१ शनिबार
04:27:33 PM
२ फागुन, २०७८
नेपाल विजनेश समाचारदाता,
२ फागुन । नेकपा एमालेले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध सत्ताघटक दलले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि आफ्नो धारणा बनाउन सोमबार राखेको संसदीय दलको बैठकमा एमालेले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको हो ।
तर त्यस खाली कागजमा नेताहरु भीम रावल, घनश्याम भूषाल, पवित्रा निरौला खरेल, दिपकप्रकाश भट्ट र झपटबहादुर रावलले हस्ताक्षर गर्न मान्नुभएन ।
एक नेताका अनुसार महाअभियोगको काउन्टर प्रस्ताव वा एमसिसीको विषयमा उपयोग गर्नका लागि हस्ताक्षर लिन खोजिएको हो । तर त्यस खाली कागजमा नेताहरु भीम रावल, घनश्याम भूषाल, पवित्रा निरौला खरेल, दिपकप्रकाश भट्ट र झपटबहादुर रावलले हस्ताक्षर गर्न मान्नुभएन ।
उहाँहरुले आवश्यक परे दलको निर्णय अनुसार हस्ताक्षर गर्ने तर प्रयोजन नखुलाएको विषयमा खाली कागजमा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने अडान राख्नुभएको छ ।
बैठकमा नेताहरुलाई ६ बटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गर्न लगाइएको बताइएको छ । भीम रावलले भने हस्ताक्षर नगर्ने कारण लिखित रुपमै राखे पनि अन्यले मौखिम कुरा राखेर हस्ताक्षर नगर्ने बताएका हुन् ।
एमालेको बैठकमा अन्य चार न्यायाधीशलाई पनि महाअभियोग लगाउने वारे छलफल भएको छ । केही सांसदहरुले लगाउन नहुने वताइरहेका छन् भने केहीले लगाउनुपर्ने धारणा राखेका छन् । सो विषयमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न क्षेत्रका प्रतिनिधि तथा कानुन व्यवसायीसँग समेत छलफल गरिरहनुभएको छ ।