२५ बैशाख, २०८१ मंगलबार

03:08:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसीबारे सभामुख : म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ

२ फागुन, २०७८

एमसिसीबारे सभामुख : म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ

नेपाल विजनेश समाचारदाता,
२ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्वका विषयमा सबै दलहरु बीच एकमत हुनु राम्रो भएको बताउनुभएको छ । 

सोमबारको सर्वदलीय बैठकपछि पत्रकारसँग उहाँले राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमतिका लागि भूमिका खेल्न आफुले आग्रह गरेको बताउनुभयो । सदनलाई सुचारु गर्न र राष्ट्रिय महत्वका विषयमा छलफल गर्नु नै आजको बैठकको जोड रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो  हुन्छ, त्यसका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको छ ।' 

एमसिसीको विषयमा सोधेको प्रश्नमा सभामुख सापकोटाले आफु एम्पायर मात्रै भएको गोल गर्ने भूमिका त दलकै भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, 'म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।'

संघीय संसद् सचिवालयमा चार घण्टा बसेको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले भन्नुभयो, 'राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो  हुन्छ, त्यसका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको छ ।' 

संसद्को अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग सरकारले निरन्तर छलपmल गर्ने पनि सभामुख सापकोटाले जानकारी दिनुभयो । सभामुख सापकोटाले बोलाएको बैठकमा एमाले बाहेकका संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता थियो ।