२५ बैशाख, २०८१ मंगलबार

05:10:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कांग्रेस संसदीय दलको बैठक मंगलबार

Nepal Business

२ फागुन, २०७८

कांग्रेस संसदीय दलको बैठक मंगलबार

काठमाण्डौं

प्रधानन्यायधीश विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले राससलाई जानकारी दिनुभयो ।

सुचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन । प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र एमसिसीका विषयमा छलफल गर्न बैठक डाकेको हुनसक्ने सांसद प्रधानले बताउनुभयो । 

सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।