२५ बैशाख, २०८१ मंगलबार

06:28:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमालेले महाभियोगविरुद्ध आवेग र प्रतिशोधमा कुनैपनि निर्णय नगर्ने

२ फागुन, २०७८

एमालेले महाभियोगविरुद्ध आवेग र प्रतिशोधमा कुनैपनि निर्णय नगर्ने

काठमाडौं
नेकपा एमाले संसदीय दलको बैठकले आवेग र प्रतिशोधमा कुनैपनि निर्णय नगर्नेे निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमाले जिम्मेवार राजनीतिक पार्टी भएकोले आवेगमा आएर कुनैपनि निर्णय नलिन निष्कर्षमा पुगेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर मुलुकमा अस्थिरता निम्त्याउन खोजकाले एमालले यसबारे सोच विचार गरेर मात्र निर्णय लिने बताउनुभएको छ । नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै ओलीले एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्ने जनाउनुभयो ।

साथै, बैठकले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । महाभियोगको प्रस्ताव स्थानीय तहको निर्वाचनलाई सार्ने तथा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) लाई जसरी पनि पारित गर्ने नियतले ल्याइएको निष्कर्ष निकालेको सो दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँले एमालेले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा वस्तुस्थिति विश्लेषण गरेर शीर्ष नेताले निर्णय लिने र आवश्यक पर्दा प्रयोग गर्ने गरी सांसद्हरुको हस्ताक्षर सङ्कलन भइरहेको पनि जानकारी दिनुभयो । बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले एमसिसीबारे सत्ता गठबन्धनको एकीकृत धारणा आएपछि उचित समयमा एमालेले त्यसबारे देश र जनताका पक्षमा आफ्नो धारणा दिने स्पष्ट पानुभएको थियो ।
एमालेले आफ्ना १४ सांसदलाई कारबाहीका  लागि गरिएको सिफारिस लागू नभएकामा संसद् बैठकमा विरोध जनाउँदै आएको छ ।