२२ माघ, २०८१ मंगलबार
03:41:56 AM
२ फागुन, २०७८
काठमाण्डौं
नेपालको प्रमुख नाका वीरगञ्ज हुँदै नेपालमा आयात हुने पेट्रोलियम पदार्थको कारोबार तिब्रतर रुपमा बढेको छ । नेपालले यस वर्षको पुस मसान्तसम्म कुल ६५ अर्ब ३७ करोड ५१ लाख बराबरको इन्धन आयात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ अर्ब ४८ करोड २९ लाखले बढि हो ।
पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको ७ लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालू आवको पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।
उहाँले गत आवको पहिलो छ महिनाको तुलनामा चालू आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन तीन हजार २८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी अयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताउनुभयो ।
गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख राजस्व सङ्कलन भएको थियो भने चालू आवको छ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख सङ्कलन भएको छ ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाखको ५ लाख ४ हजार ४१७ केल डिजल, ७ अर्ब ४८ करोड २१ लाखको १ लाख ६४ हजार १६६ केल पेट्रोल, १ अर्ब पाँच करोड ९८ लाखको २६ हजार ११२ केल हवाई इन्धन र २४ करोड ६६ लाखको छ हजार १४० केल मट्टितेल आयात भएको थियो ।
चालू आवको सोही अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाखको ६ लाख १४ हजार ३४८ केल डिजल, १६ अर्ब १२ करोड ९ लाखको २ लाख पाँच हजार २५२ केल पेट्रोल, ४ अर्ब ४३ करोड २३ लाखको ८ लाख ८४ हजार ७६४ केल हवाई इन्धन र ३४ करोड ३७ लाखको ४ हजार १६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो ।
उहाँले गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख राजस्व सङ्कलन भएको थियो भने चालू आवको छ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख सङ्कलन भएको बताउनुभयो । त्यसैगरी यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपि ग्यासको आयात १५ प्रतिशत बढी भएको छ । गत आर्थिक वर्षको पहिलो छ महिनामा ७ अर्ब ४९ करोड ४८ लाख मूल्यको १ लाख १९ हजार ७०० मेट्रिक टन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा १५ अर्ब २५ करोड ६३ लाखको १ लाख ३७ हजार ३७३ मेट्रिकटन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख ७ हजार ६९० लिटर इन्धन बढी आयात भएको हो । रासस