५ जेठ, २०८१ शनिबार

10:48:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वोच्चको आदेशले नागरिक उड्यन प्राधिकरणमा झमेला

Nepal Business

२ फागुन, २०७८

सर्वोच्चको आदेशले नागरिक उड्यन प्राधिकरणमा झमेला

काठमाण्डौं
सर्वोच्च अदालतले नागरिक उड्यन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकास पाएको निर्णय कार्यन्वयन नगर्न आदेश दिएको छ । क्षेत्रीले यसै अल्पकालिन अन्तरिक आदेशलाई लिएर प्राधिकरणको कार्यलय जाने बताउनु भएको छ । यसरी उहाँ पून प्राधिकरण जाने भएपछि प्राधिकरणमा तनाव शुरु भएको हो ।
हाल प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको छ । सरकारले नियुक्त गरेका महानिर्देशक प्रदीप अधिकारी समेत अहिले कार्यालयमै उपस्थित हुनु भएको छ ।
सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने भन्दै कार्यालयमा कर्मचारीले गेटमै धर्ना दिएको कर्मचारी युनियनका एक प्रतिनिधिले जानकारी दिनुभयो । 
अदालतको पूर्ण आदेश नआएसम्म हामी वर्तमान महानिर्देशकलाई मात्र चिन्छौं, उहाँले भन्नुभयो एउटा पूर्वकर्मचारी जतिबेला पनि प्राधिकरणमा आउन सक्नु हुन्छ, तर दलबलसहित आउन लागेको भन्ने सुनेकाले हामी सचेत बनेका छौं ।
आइतबारमात्र सर्वोच्च अदालतले आगामी ९ फागुनमा दुबै पक्षलाई छलफलका लागि बोलाउँदै क्षेत्रीको अनिवार्य अवकास कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेशलाई लिएर क्षेत्री प्राधिकरण जान खोज्नु भएको हो ।
क्षेत्रीले अदालतको आदेशअनुसार आफू कार्यालय जाने र आफूले महानिर्देशककै हैसियतमा हाजीर गर्ने बताउनु भएको छ ।