६ जेठ, २०८१ आइतबार

03:16:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकार एमसिसी टेवुल गर्ने तयारीमा, प्रचण्ड-नेपालको समर्थन रहने तर मतदानमा भाग नलिने

२ फागुन, २०७८

सरकार एमसिसी टेवुल गर्ने तयारीमा, प्रचण्ड-नेपालको समर्थन रहने तर मतदानमा भाग नलिने

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, २ फागुन । अबको संसद बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौता टेवुल हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दवाव थेग्न नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत त्यस विषयमा तयार हुनुभएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको दवाव थेग्न नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत त्यस विषयमा तयार हुनुभएको हो । 

यही फागुन ४ गते बोलाइएको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी सरकारको छ । यद्यपि प्रचण्ड-नेपालले भने समर्थन जनाए पनि उक्त प्रक्रियामा सहभागिता नजनाउने बताइएको छ । 

त्यस विषयमा मध्यमार्गी बाटो खोज्न अझै सत्ताधारी दलबीच छलफल चलाइने एक नेताले बताएका छन् । चार वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनुमोदनका लागि एमसिसी संसदमा लगेको थियो । तर तत्कालिन नेकपा भित्रैको विरोधका कारण पेश हुन सकेको थिएन । 

तर पछि ओली गठबन्धन भत्काएर आफैँ प्रधानमन्त्री बन्ने योजना बनाएको चाल पाएपछि गठबन्धन पनि नभत्कने र एमसिसी पनि पास गर्ने मध्यमार्गी धार खोजेर देउवा अघि बढ्नुभएको राजनीतिक विष्लेष्कको भनाइ छ

सो विषयमा प्रधानमन्त्री देउवाले केही अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास मै पुगेर छलफलसमेत गर्नुभएको थियो । यसले सत्ता गठबन्धन भत्किएमा के हुने भन्ने विषमया देउवाले राखेको प्रश्नमा ओलीले बाहिरबाट समर्थन दिने आश्वासन दिएपछि देउवा एमसिसी अघि बढाउने शक्ति बोकेर फर्कनुभएको थियो ।

तर पछि ओली गठबन्धन भत्काएर आफैँ प्रधानमन्त्री बन्ने योजना बनाएको चाल पाएपछि गठबन्धन पनि नभत्कने र एमसिसी पनि पास गर्ने मध्यमार्गी धार खोजेर देउवा अघि बढ्नुभएको राजनीतिक विष्लेष्कको भनाइ छ । त्यही आधार खोज्दै अहिले सरकारले एमसिसी टेवल गर्ने तयारी गरेको हो ।