२५ बैशाख, २०८१ मंगलबार

12:41:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद खुलाउनेबारे छलफल हुने

Nepal Business

२ फागुन, २०७८

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद खुलाउनेबारे छलफल हुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोध हटाउनेबारे सर्वदलिय बैठकमा छलफल हुने बताइएको छ ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जाने–नजाने बारे कुनै निर्णय गरेको छैन ।

सभामुखको राजिनामा माग गर्दै आएको एमाले सभामुखले नै बोलाएको सर्वदलिय बैठकमा सहभागि नहुने एक नेताले जानकारी दिएका छन् ।