७ जेठ, २०८१ सोमबार

01:07:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिआइवीले भन्यो-क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपार अबैध हुन्, कारोबार नगर्नु

१ फागुन, २०७८

 सिआइवीले भन्यो-क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपार अबैध हुन्, कारोबार नगर्नु

नेपाल जिवनेश समाचारदाता,

१ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानी रहेको भन्दै त्यस्ता व्यवसायमा कारोबार नगर्न सचेत गराएको छ । 

उक्त व्यवसायमा संलग्न भएको पाइएमा जो कोही पनि कानुनी दायरामा आउने भन्दै सिआइवीले चेतावनी दिएको छ  । केही अघि सिआइवीले यस्ता व्यवसायमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो ।   

व्यूरोले आइतबार सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिवन्ध भइसकेको स्पष्ट पारेको छ । त्यस्ता घटनाको व्यूरोबाट निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्ति उपर अनुसन्धान गरी कानूनी कारवाहीसमेत भएको जनाएको छ ।  

नेपाल राष्ट्र बैँक ऐन २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ बमोजिम नेपाल राष्ट्र बैँकले गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तरगतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानूनी रहेको उल्लेख गरेको छ ।

यस्ता गैरकानूनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा त्यस्ता सूचना उपलब्ध गराउनसमेत व्यूरोले सार्वजनिक अनुरोध गरेको छ ।

उक्त कसुरमा नेपाल राष्ट्र बैंँक ऐन २०५८ को दफा ९६ बमोजिम विगो जफत गरी विगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुबै सजायको व्यवस्था छ । 
विगो कायम हुन नसकेको अबस्थामा कसूरको मात्रा हेरी बढीमा १० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।