६ जेठ, २०८१ आइतबार

03:16:19 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ करोड १६ लाखमा निर्मित झोलुङ्गे पुल सञ्चालन

१ फागुन, २०७८

१ करोड १६ लाखमा निर्मित झोलुङ्गे पुल सञ्चालन

भक्तपुर
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल आइतबारदेखि सञ्चालनमा आएको छ । सरकारको कूल १ करोड १६ लाखको लागतमा निर्माण गरिएको २सय ४४ मिटर लामो पुल भक्तपुरका सांसद महेश बस्नेतले उद्घाटन गर्नु भएको हो । 
पुल उद्घाटनका क्रममा सांसद बस्नेतले आगामी चुनावमा आम जनताले राजहंसको भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ । स्थानीय तहको पाँच वर्षको र प्रदेश तथा सङ्घीय सांसदको चारवर्षे अवधिको समीक्षा गर्ने बेला आएको भन्दै उहाँले यो चार वर्षमा सूर्यविनायक क्षेत्रमा सङ्घीय, प्रदेश र स्थानीय तहका प्रत्येक वडामा १ अर्बको दरले बजेट ल्याएर विकासको काम गरिएको बताउनुभयो । चार वर्ष अगाडिका विद्यालय भवन, सडक, खानेपानी, पुल, सामुदायिक भवन, स्वास्थ्य चौकी कस्तो थियो र अहिले कस्तो भयो भन्नेबारेमा जनताले समीक्षा गर्ने बेला आएको उहाँको भनाइ थियो । 

नगरपालिकाका प्रमुख वासुदेव थापाले झोलुङे्ग पुल बनेपछि हजारौँ बासिन्दा पुलमा आएर रमाउने, यहाँबाट ओहोरदोहोर गर्ने गरेको जानकारी दिँदै यो पुल बनेपछी अग्लो महादेव अवलोकन गर्न जान सहज हुनाका साथै आशापुरी र काँक्राबारी जान पनि सजिलो भएको छ ।

यहाँको उकालो बाटो उपत्यका विकास प्राधिकरणको  ४० लाखको बजेटले ढलान गरिएको, पदमार्ग बनाउन पर्यटन विकास मन्त्रालयको  १२ लाखको बजेटले सिँढी निर्माण गरिएपछि यहाँको रौनक अझै बढेको बताउनुभयो । वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले १ करोड १६ लाखको लागतमा निर्माण गरिएको २४४ मिटर लामो यो पुलले सूर्यविनायकको शिव सर्किटलाई जोड्नाका साथै यहाँको विकासमा कोसेढुङा साबित भएको बताउनुभयो ।