६ जेठ, २०८१ आइतबार

01:32:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सभामुख सापकोटाद्धारा सर्वदलीय बैठकको आव्हान

१ फागुन, २०७८

सभामुख सापकोटाद्धारा सर्वदलीय बैठकको आव्हान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज विहानै देखि भएका विभिन्न घट्नाक्रम र अबको निकासका बारेमा छलफल गर्न 

सभामुख सापकोटाले भोली (सोमबार)  दिउँसो २ बजेका लागि सर्वदलिय बैठक बोलाउनुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि  सभामुख सापकोटाले बैठक बोलाउनुभएको बुझिएको छ ।

पटक–पटक सर्दै आएको प्रतिनिधि सभा बैठक सोमबारका लागि बोलाईएको थियो । तर सोमबारको बैठक बुधबार ४ गतेस्म्मका लागि सार्ने सूचना संसद सचिवालयलयले सार्वजनिक गरिसकेको छ ।