२२ माघ, २०८१ मंगलबार
04:42:43 AM
१ फागुन, २०७८
काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक ४ गतेका लागि सारिएको छ । संसद सचिवालयले सूचना जारी गर्दै फागुन २ गते सोमबार बस्ने तय भएको बैठक फागुन ४ गते बुधबार १ बजे बस्नेगरी तोकिएको जनाएको छ ।
प्रतिनिधिसभाको बैठक विगत लामो समयदेखि बस्न सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएलगत्तै सभामुखको आदेशमा संसद बैठक २ दिन पर सारिएको हो । यस अमेरिकि सहयोग अन्र्तगतको एमसिसिका विषयमा दलहरुबीच सहमति नजुटिरहेको अवस्थामा यस अघि पनि बैठक सर्दै आईरहेको थियो ।
यसैबीच प्रधान न्यायाधीस चोलेन्द्रशमशेर राणा विरुद्ध महाअभियोग दर्ता भएपछि यो विषय पनि संसदमै लैजानुपर्ने हुन्छ । यसकारण दुई राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयहरु संसदमा लैजानुपर्ने भएपछि भोलीका लागि बोलाईएको संसद बैठक स्थगित गरिएको हो ।