२२ बैशाख, २०८१ शनिबार

03:41:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लिवाङ जलजला हेलीटुर प्रतिव्यक्ति १८ हजार ५ सय

१ फागुन, २०७८

लिवाङ जलजला हेलीटुर प्रतिव्यक्ति १८ हजार ५ सय

 काठमाण्डौं
रोल्पाको आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि पछिल्ला दिनमा निजी क्षेत्रले चासो व्यक्त गरेका छन् । जिल्लाको प्रसिद्ध धार्मिकस्थल तथा पर्यटकीय क्षेत्र जलजलामा पर्यटन प्रवद्र्धनका  लागि निजी क्षेत्रले हेलिकप्टर सेवा सुरु गर्ने जनाएको हो । यसका लागि लिवाङबाट जलजलासम्मको प्रतिव्यक्ति भाडा १८ हजार ५ सय लाग्ने बताइएको छ । 
 
हाल सदरमुकाम लिवाङबाट जलजलाका लागि हेलिकप्टर सेवा व्यवस्था गरिएको छ । सुनछहरी गाउँपालिका–७ जेलवाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएका छ । फिस्टेल एयरको नाइन् एन–एजेआर हेलिकप्टरका पाइलट क्याप्टेल र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरूलाई रोल्पा नगरपालिकाका नगर प्रमुख केसी र उपप्रमुख मनकुमारी घर्तीमगरले फूलमाला पहराएर उडानको शुभारम्भ गर्नुभएको थियो ।

यात्राको पहिलो दिन शनिबार ५ उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेको गेमी होमस्टेका अध्यक्ष तथा गाइडर बालकुमार पुन पृथ्वीले जानकारी दिनुभयो । रोल्पाको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको पुनले बताउनुभयो । रोल्पाका थुप्रै पर्यटनस्थल भए पनि ओझेलमा परेकाले यसको प्रवद्र्धनमा निरन्तर दिनेसमेत उहाँले बताउनुभयो । 

जलजलालाई माओवादीले द्वन्द्वकालमा महत्वपूर्ण प्रतीक मान्दै आएका छन् । जलजलाको नामबाट विभिन्न अभियान पनि चलेकाले जलजलालाई युद्ध पर्यटनको रुपमा पनि हेरिन्छ । विद्रोही गाउँ थवाङ जलजला नजिक पर्दछ । 

जलजला पुग्न सडकयात्रा कठिन भएकाले पर्यटकको मागअनुसार हेलिकप्टर उडान सुरु गरेको पुनको भनार्इ छ । हाल जलजला क्षेत्रमा हिउँ परेकाले पनि पैदल वा सडक यात्रा झन कठिन हुने गरेको छ । जलजला थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सिमानामा पर्छ । प्राकृतिक रूपमा निकै मनमोहक रहेको जलजला धार्मिक रूपमा पनि प्रसिद्ध छ ।

जलजलालाई माओवादीले द्वन्द्वकालमा महत्वपूर्ण प्रतीक मान्दै आएका छन् । जलजलाको नामबाट विभिन्न अभियान पनि चलेकाले जलजलालाई युद्ध पर्यटनको रुपमा पनि हेरिन्छ । विद्रोही गाउँ थवाङ जलजला नजिक पर्दछ । यहाँ वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्दछ । जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाइ बराह जस्ता देवताको पूजा गर्ने गरिन्छ ।

हेलिकप्टरबाट जलजला भ्रमण गरी फर्किएका स्थानीयवासी व्यवसायी रमेश अधिकारीले आफूहरू मनमोहक दृश्यमा हिउँसँगै सुन्दर वातावरणमा रमाएर आएको बताउनुभयो । निजी क्षेत्रले प्रशसनीय प्रयास गरेको उल्लेख गर्दै जलजला भ्रमण गर्ने लामो समयदेखिको इच्छा पूरा भएको अधिकारीले बताउनुभयो ।